नेपाल इन्स्योरेन्सको साधारण सभा जेठ ३० गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल इन्स्योरेन्सले कम्पनीको वार्षिक साधारण सभा आउँदो जेठ ३० गते गर्ने भएको छ । उक्त साधारण सभा कम्पनीले नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्गमा बिहान ११ बजेबाट गर्न लागेको जनाएको छ ।
साधारण सभामा कम्पनीले आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७८ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । त्यस्तै कम्पनीले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट दुई/दुई जना सञ्चालकको निर्वाचान गर्ने, अधिकृत पुँजी दुई अर्ब रुपैयाँबाट बढाएर दुई अर्ब ६० करोड रुपैयाँ पुर्याउने, सञ्चालक समिति र उप समितिको बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने अदि प्रस्ताव पेश गर्ने भएको छ ।
साधारण सभाका लागि कम्पनीले जेठ १७ गतेदेरखि बुक क्लोज गरेको थियो । सोही अनुसार जेठ १६ गतेसम्म कायम रहने सेयरधनीले मात्रै सभामा लाभांस प्राप्त गर्न पाउने कम्पनीले जनाएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया