माछापुच्छ्रे बैंकका संस्थापकले सेयर बिक्री गर्दै, कस कसले पाउँछन् आवेदन दिन ?
काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापकले सेयर बिक्री गरेका छन् । बैंकका संस्थापक सरद कुमार नेपालले उनको स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेको जनाइएको छ ।
नेपालले उनको नाममा रहेको १२ हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् । उक्त बिक्री सेयरमा माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक संस्थापकले माछापुच्छ्रे बैंकको प्रधान कार्यालयमा ३५ दिनभित्र निवेदन दिनुपर्ने छ ।
बैंकका अनुसार सेयरको दर भने तोकिएको छैन् । उक्त अवधिभर संस्थापकबाट आवेदन नपरेमा सो सेयर सर्वसाधारण लगानीकर्तालाई खुलाउने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया