हेटौंडा मेयरको पहिलो निर्णयका लोकप्रिय कार्यक्रममा के–के छन् ?
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले पदभार भ्रमणलगत्तैको पहिलो निर्णयमा लोकप्रिय कार्यक्रम अघि सारेकी छिन् ।
मेयरमा निर्वाचितलगत्तै लामाले विपन्नलाई स्वास्थ्य बिमा, निशुल्क खानेपानी, बिजुलीमा सहुलियत र छात्रवृत्तिसहितको कार्यक्रम घोषणा गरेकी हुन् ।
पहिलो बैठकबाट लामाले अति विपन्न १५४१ घरपरिवार लाई निशुल्क स्वास्थ्य बिमा, १५४१ घरपरिवारलाई निशुल्क मासिक १५ हजार लिटर खानेपानी र २५ युनिट विद्युत निशुल्क दिने घोषणा गरेकी छिन् ।
आर्थिक अवस्था कमजोर भएकालाई मेयर छात्रवृत्ति कार्यक्रम संचालन गर्ने, सडकका बीचमै छोडिएका पोललाई सार्ने, महिला जागरण समूहमार्फत लैंगिक हिंसाविरुद्धका अभियान चलाउने र महिला र बालबालिकाका लागि अल्पकालीन आश्रयस्थलको स्थापना गर्नेसहितका कार्यक्रमको घोषणा गरेकी छिन् । लामा नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरमा निर्वाचित भएकी हुन् ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया