वीरगञ्ज महानगरपालिका जसपाको पोल्टामा, मेयर बने सिंह
काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) को पोल्टामा परेको छ । निवर्तमान मेयरसमेत रहेका एमालेका विजय सरावगीलाई फराकिलो मतान्तरमा हराउँदै जसपाका राजेशमान सिंह मेयरमा निर्वाचित भएका हुन् ।
जसपाका सिंहले ४६ हजार २ सय १५ मतका साथ जित दर्ता गराउँदा सरावगी २३ हजार ६ सय ७१ मतमा खुम्चिए ।
राप्रपाका गिरीश गिरी तेस्रो भए । उनले ३ हजार ३ सय १३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया