८ प्रहरीलाई प्रधान कार्यालयको स्पष्टीकरण
काठमाडौं । प्रहरी नायब निरीक्षकसहित विभिन्न पदका आठ प्रहरी विनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन् । गत माघदेखि चैतसम्म यी प्रहरी सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले स्पष्टीकरणसहित हाजिर हुन बोलाएको छ ।
विनाजानकारी पोस्टिङ भएको कार्यालयमा अनुपस्थित हुने प्रहरीहरूमा इलाका प्रहरी कार्यालय, ओखलढुंगामा कार्यरत प्रहरी नायब निरीक्षक भागेश्वर माझी, प्रहरी वृत्त सिंहदरबारमा कार्यरत निशान दाहाल, इलाका प्रहरी कार्यालय हलेसीमा कार्यरत प्रहरी सहायक हवल्दार गणेशकुमार चौधरी र घर्ती गाउँ रोल्पामा कार्यरत प्रहरी सहायक हवल्दार सुनिल दहित छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, प्रहरी जवानहरू देवराज शर्मा, विक्रम महर, कुलबहादुर केसी र विजेन्द्र कार्की पनि बिदा स्वीकृतिबेगर पोस्टिङ गरिएको कार्यालयमा अनुपस्थित छन् ।
कार्यालयमा उपस्थित हुन सूचना जारी गरिसक्दा पनि अनुपस्थित भएपछि सात दिनभित्र हाजिर हुन सूचना जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
चित्तबुझ्दा कारणसहित स्पष्टीकरणसहित पेश हुन भनेको प्रधान कार्यालयले अन्यथा थप कारबाही हुने चेतावनी दिएको छ । प्रहरी नियमावलीमा विनाजानकारी अनुपस्थित कर्मचारीलाई प्रक्रिया पुर्याएर सेवाबाट हटाउन सकिने प्रावधान छ ।
त्यसो त, विनाजानकारी सेवा छाड्ने रोग प्रहरीमा पुरानै हो । न्यून वेतन, पेन्सन अवधिलगायत कारणले नेपाल प्रहरीमा विनाजानकारी बीचमै सेवा छाड्ने प्रवृत्ति बढेको छ । जसका कारण राज्यको लगानी खेर गइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया