NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

अध्ययन बिदा बसेका भौतिकका इञ्जिनियर फर्किएनन्, कारबाहीको तयारी

काठमाडौं । बेतलबी अध्ययन बिदाको समय गुज्रिसक्दा पनि विनाजानकारी अनुपस्थित रहेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक इञ्जिनियमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा इन्जिनियरिङ सेवा, सिभिल समूहको हाइवे उपसमूहअन्तर्गत रा.प तृतीय श्रेणीमा कार्यरत प्रकाश घिमिरे अटेरी गरेर सम्पर्कमा नआएपछि कारबाहीको तयारी गरिएको हो ।

घिमिरे ०७५ साउन १६ देखि ०७८ साउन १५ सम्म तीन वर्षको बिदा स्वीकृत गरेर बसे पनि अहिलेसम्म पदाधिकार रहेको कार्यालयमा गैरहाजिर छन् ।
९० दिनभन्दा बढी समयसम्म विनाजानकारी लगातार अनुपस्थित रहेकाले १५ दिनभित्र सफाइ पेस गर्न घिमिरेलाई समय दिइएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
निर्धारित समयमा उचित कारणसहित सफाइ पेस नगरेमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी कारबाही प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।