विहे गरेको ८ वर्ष पुगेपछि हमालले राखे ८ वटै तस्बिर
काठमाडौं । अभिनेता राजेश हमालले वैवाहिक वर्षगाँठ आठ वर्ष पुगेको उपलक्ष्यमा आठैवटा तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।

फेसबुकमा तस्बिर राख्दै हमालले भनेका छन्, ‘हामीले आजकै दिनमा विवाह भएको हो, समय चलिरहन्छ ।’

अभिनेता हमाल ढल्किँदो उमेरसम्म अविवाहित रहे । यसले गर्दा उनको विहेका बारेमा मिडियाले धेरैपटक प्रश्न उठाए । उनले टार्दै गएका थिए ।

तर, विसं २०७१ वैशाख १० गते विराटनगरकी मधु भट्टराईसँग ५२ वर्षको उमेरमा हमालले विवाह गरे ।

लामो समयको प्रेमलाई आफूहरूले विवाहमा परिणत गरेको उनले पछि खुलासा गरेका थिए ।



ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया