पञ्जाबका मुख्यमन्त्री भगवन्तले भ्रष्टाचार आरोपी मन्त्री बर्खास्त गरे
काठमाडौं । पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्यमन्त्री विजय सिंगलालाई बर्खास्त गरेका छन् । उनीविरुद्ध भ्रष्टाचारको प्रमाण फेला परेको बताइएको छ । सिंगलाले ठेक्कामा आफ्ना पदाधिकारीसँग एक प्रतिशत कमिसन मागेको आरोप छ ।
पञ्जाबको मुख्यमन्त्रीको कार्यालयले सिंगलाविरुद्ध ठोस प्रमाण भेटिएको जनाएको छ । पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले आम आदमी पार्टीको सरकारले एक रुपैयाको पनि बेइमान सहन नदिने बताएका छन् । मानले यो सरकार जनताको आशा बनेर आएको बताए ।
भगवन्त मानले भने, ‘केजरीवालले हामीलाई भनेका छन्, उनले एक रुपैयाँको भ्रष्टाचार पनि सहने छैनन् । सरकारका एक मन्त्रीले प्रत्येक टेन्डरमा एक प्रतिशत कमिसन मागेकाे थाहा पाएँ । यो केसको बारेमा मलाई मात्र थाहा थियो । मैले चाहेको भए यसलाई दबाउन सक्थेँ तर जनताको विश्वास तोड्न सकिनँ । अशोक सिंगलालाई बर्खास्त गरेको छु । उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेका छन् ।’
आम आदमी पार्टीका नेता र राज्यसभा सांसद राघव चड्ढाले ट्वीट गरे, ‘आम आदमी पार्टी एक मात्र पार्टी हो, जसले भ्रष्टाचारको मामिलामा यस्तो साहसी कदम चाल्न सक्छ । हामीले पहिले दिल्लीमा र अहिले पञ्जाबमा यस्तो कार्य देख्यौं । भ्रष्टाचारमा दया छैन । भगवन्त मानको यो कदम सराहनीय छ ।’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया