इमर्जिङ नेपालको आइपीओ आज बाँडफाँट हुँदै
काठमाडौं । इमर्जिङ नेपालको आइपीओ आज बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार कार्निभल रेष्ट्रो, अनामनगर काठमाडौंमा दिउँसो ३:३० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ ।
यो आइपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ करोड ७८ लाख ६९ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा ५३।८७ गुणा बढी आवेदन हो । यसर्थ, सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ । कम्पनीले माघ २६ गतेबाट फागुन १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो ।
यो मध्ये २५ अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५५ अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको थियो । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया