स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गर्ने
काठमाडौं । सरकारले नेपालमा नयाँ प्रयोगको रुपमा स्वास्थ्य संस्थामा हुने मृत्युको अडिट गर्ने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सो घोषणा गरेकी हुन् ।
उनले हरेक स्वास्थ्य संस्थामा स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गरिने घोषणा गरिन् ।
साथै सरकाले महिलाहरूमा देखिने पाठेघरको नि:शुल्क स्क्रिनिङ हुने नीति ल्याइएको छ । सरकारले महिलालाइ समयमै पाठेघरको मुखको क्यान्सरबाट जोगाउन नि:शुल्क स्क्रिनिङ गर्ने नीति ल्याइएको राष्ट्रपति भण्डारीले बताइन् । त्यस्तै स्तन क्यान्सलाइ सहज बनाउन विशेष कार्यक्रम ल्याइने पनि उनले बताएकी छिन् ।
सबै प्रदेशमा रक्त सञ्चार केन्द्र, नसर्ने रोगको रोगथामको लाग बहु क्षेत्रीय प्रभावकारी नीति ल्याइने जनाइएको छ । शारीरीक तथा मानसिक दृर्घ रोगीको लागि पुनस्थापना केन्द्र बनाइने नीतिमार्फत सार्वजनिक गरिन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया