संसद्मा नीति तथा कार्यक्रम सकिन नपाउँदै बढ्यो सवारी भाडा
काठमाडौं । संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दागर्दै यता सवारी भाडा फेरि बढेको छ ।
जनताका ढाड सेकिने गरी आचक्ली बढेको महंगलाई उक्त नीति तथा कार्यक्रमले सम्बोधन गरेको देखिँदैन । यता सवारी भाडा यो सातामै दोस्रो पटक बढिसकेको हो ।
यसअघि जेठ ४ गतेबाट लागू हुनेगरी भाडा दर वृद्धि भएको थियो । यातायात व्यवस्था विभागले जनाएअनुसार डिजेलमा मूल्यवृद्धि भएको हुँदा मंगलबार बाट लागू हुने गरी भाडा बढेको जानकारी गराएको छ ।
नयाँ समायोजना अनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
नेपाल आयल निगमले गत जेठ ८ मा इन्धनको मल्यमा प्रति लिटरले १० रुपैयाँका दरले बढाएको थियो । मूल्यवृद्धि अनुसार नै विभागले इन्धनको मूल्य ५ प्रतिशत वा सो भन्दा बढी भएमा स्वचालित रुपमा भाडा बढ्ने व्यवस्था गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया