जबरजस्ती करणी गरेर फरार तीन पुरुषको बचाउमा वडाअध्यक्ष नै सक्रिय
काठमाडौं । आफ्नै घर पछाडी रहेको शौचालयमा शौच गर्न जाँदा बालिकालाई जबरजस्ती करणी गरी फरार तीनजना पुरुषको बचाउमा वडाअध्यक्ष नै लागि परेका छन् ।
महोत्तरीस्थित बर्दिवास नगरपालिका ६ का स्थानीय सुनिल कुमार महतो(१६), दिनकर महतो(१७) र अविरन महतो (१९)ले ती १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेका थिए । उक्त घटना पछि अहिले ती तीनैजना किशोर फरार छन् ।
फरार किशोरहरूको ढाकछोपमा वडाअध्यक्ष नै लागिपरेपछि सुरक्षा निकायलाई अहिले यो विषय टाउको दुखाई बनेको छ । सो वडाका वडाअध्यक्ष पदम बहादुर आले नै उनीहरूको बचाउमा लागेको गुनासो स्थानीय स्तरबाट बढ्न थालेको छ ।
यतिबेला वडाअध्यक्षसहित माओवादी केन्द्र पक्षका स्थानीय नेता तथा कार्यकर्ता सुर्जनाथ महतो, लालदास महतो, अशोक महतो लगायतका दबाबमा अनुसन्धानसमेत अघि बढ्न सकेको छैन ।
सुरक्षा निकायले जनाएअनुसार उनीहरूको दबाबमा प्रहरीले अहिलेसम्म बालिकाको स्वास्थ्य परिक्षण लगायतका अनुसन्धान प्रक्रिया अघि नबढाइ ढाकछोप गरिरहेको पीडित पक्षको गुनासो छ । तीन किशोर बालिकामाथि जबरजस्ती करणी गरेर माघ २८ देखि नै फरार छन् ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया