जबरजस्ती करणी गरेर फरार तीन पुरुषको बचाउमा वडाअध्यक्ष नै सक्रिय
काठमाडौं । आफ्नै घर पछाडी रहेको शौचालयमा शौच गर्न जाँदा बालिकालाई जबरजस्ती करणी गरी फरार तीनजना पुरुषको बचाउमा वडाअध्यक्ष नै लागि परेका छन् ।
महोत्तरीस्थित बर्दिवास नगरपालिका ६ का स्थानीय सुनिल कुमार महतो(१६), दिनकर महतो(१७) र अविरन महतो (१९)ले ती १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेका थिए । उक्त घटना पछि अहिले ती तीनैजना किशोर फरार छन् ।
फरार किशोरहरूको ढाकछोपमा वडाअध्यक्ष नै लागिपरेपछि सुरक्षा निकायलाई अहिले यो विषय टाउको दुखाई बनेको छ । सो वडाका वडाअध्यक्ष पदम बहादुर आले नै उनीहरूको बचाउमा लागेको गुनासो स्थानीय स्तरबाट बढ्न थालेको छ ।
यतिबेला वडाअध्यक्षसहित माओवादी केन्द्र पक्षका स्थानीय नेता तथा कार्यकर्ता सुर्जनाथ महतो, लालदास महतो, अशोक महतो लगायतका दबाबमा अनुसन्धानसमेत अघि बढ्न सकेको छैन ।
सुरक्षा निकायले जनाएअनुसार उनीहरूको दबाबमा प्रहरीले अहिलेसम्म बालिकाको स्वास्थ्य परिक्षण लगायतका अनुसन्धान प्रक्रिया अघि नबढाइ ढाकछोप गरिरहेको पीडित पक्षको गुनासो छ । तीन किशोर बालिकामाथि जबरजस्ती करणी गरेर माघ २८ देखि नै फरार छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया