किसान लघुवित्तको साधारण सभा जेठ २८ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । किसान लघुवित्तले वार्षिक साधारण सभा आउँदो जेठ २८ गते गर्ने भएको छ । लघुवित्तले सभा प्रयोजनका लागि जेठ २० गते बुक क्लोज गर्ने भएको छ । २० गते बुक क्लोज गर्ने भएकाले जेठ १९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांस पाउने लघुवित्तले जनाएको छ ।
लघुवित्तले उक्त सभामा २० प्रतिशत बोनस सेयर वितरण गर्ने, आर्थिक वर्ष ०७७/०७८ को नाफा नोक्सानसम्बन्धी हिसाब गर्ने, आव ०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गर्ने छ ।
त्यस्तै लघुवित्तले वित्तिय संस्थासँग गाभ्ने तथा गाभिने, सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने आदि कार्यक्रम पनि सभामा प्रस्तुत गर्ने छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया