१० महिनापछि एमाले अध्यक्ष ओलीले आज संसदमा सम्बोधन गर्दै
काठमाडौं । विगत ९ महिनादेखिको जारी संसद अवरोध विनाशर्त हटाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार(आज) संसदमा सम्बोधन गर्ने भएका छन् ।
आफूले निष्कासन गरेका १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारवाही नगरेको आरोप लगाउँदै गत भदौ २३ देखि एमालेले संसद अवरोध गर्दै आएको थियो । तर स्थानीयत तह निर्वाचनको परिणाम एमालेको अपेक्षा विपरित आएपछि विनाशर्त संसद अवरोध हटाएको हो ।
सरकारको नीति तथा कार्यक्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेकी थिइन् । प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारको नीति तथा कार्यक्रममाथि ओलीले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । स्थानीयत तहको निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रमबारे ओलीले आफ्नो धारणा राख्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
देउवा नेतृत्वको सरकार बनेपछि ओलीले गत साउन २६ गते संसदमा पहिलो पटक सम्बोधन गरेका थिए । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रम जनताको आँखामा छारो हल्न ल्याइएको झुटको पुलिन्दा भएको निष्कर्ष निकालेको थियो । संसद बैठक अहिले ११ बजे संसद भवन बानेश्वरमा बस्दैछ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया