देउवालाई ओलीको प्रश्न : अमेरिकी उपविदेशमन्त्री आउँदा किन थुर–थुर कामेको ?
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्रीले आउँदा सरकार थुर–थुर कामेको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलमा भाग लिँदै ओलीले सरकारले अमेरिकीलाई खुसी पार्ने नाममा छिमेकी देशलाई रुष्ट बनाएको आरोप लगाए।
अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले हुम्लाको लिमी भ्यालीको गुम्बामा जाँदा सरकारको अनुमति लिएर नगएकोप्रति आपत्ति जनाएका छन् ।
‘अमेरिकी विदेशीमन्त्रीले इजाजत लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ भने कसरी दिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो ? कसको विपक्षमा दिनुभयो ?’, उनले प्रश्न गरे, ‘कति लाचारी ? सत्ता कति प्यारो ? बात्तैपिच्छे सत्ता फुत्की हाल्छ ? कस्तो अचम्म ?’
ओलीले ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’, भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया