देउवालाई ओलीको प्रश्न : अमेरिकी उपविदेशमन्त्री आउँदा किन थुर–थुर कामेको ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्रीले आउँदा सरकार थुर–थुर कामेको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलमा भाग लिँदै ओलीले सरकारले अमेरिकीलाई खुसी पार्ने नाममा छिमेकी देशलाई रुष्ट बनाएको आरोप लगाए।
अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले हुम्लाको लिमी भ्यालीको गुम्बामा जाँदा सरकारको अनुमति लिएर नगएकोप्रति आपत्ति जनाएका छन् ।
‘अमेरिकी विदेशीमन्त्रीले इजाजत लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ भने कसरी दिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो ? कसको विपक्षमा दिनुभयो ?’, उनले प्रश्न गरे, ‘कति लाचारी ? सत्ता कति प्यारो ? बात्तैपिच्छे सत्ता फुत्की हाल्छ ? कस्तो अचम्म ?’
ओलीले ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’, भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया