प्रदर्शनीमा अवलोकनकर्ताको सहभागिता उत्साहजनक : निर्देशक अग्रवाल
काठमाडाै । नेपाल फाउण्डेशनले जेष्ठ १२ (बिहीबारदेखि) भृकुटी मण्डपमा आयाेजना गरेकाे ‘प्लास्ट नेपाल २०२२’ प्लाष्टिक प्रदर्शनी भइरहेकाे छ ।
प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योग, छिमेकी मुलुक भारतलगायत अन्य देशकाको समेत उपस्थिति छ । उक्त प्रर्दशनीमा इन्टर टेक पाइपस् एण्ड फिटिङस(आइटिपिएफ) को उत्पादनहरु, मेसिन उपकरणलगायतका सामग्री पनि प्रर्दशनीमा राखिएको छ ।
आइटिपिएफका निर्देशक बिनित अग्रवालले प्रर्दशनीमा अवलोकनकर्ताको सहभागिता उत्साहजनक रहेको बताए । ग्राहकलाई आइटिपिएफबारे जानकारी दिन, आइटिपिएफले उत्पादन गर्ने उपकरणसम्बन्धी ग्राहकालाई बुझाउन प्रर्दशनीमा राखिएको सुनाए । त्यसका साथै स्वदेशी तथा अन्तराष्ट्रिय ब्राण्डहरुसँग एकसाथ जोडिनका लागि पनि प्रर्दशनीमा सहभागिता जनाएको उनले स्पष्ट पारे ।
आइटिपिएफ इन्टर टेक समूह अन्र्तगतको कम्पनी हो । यस समूले विभिन्न किसिमका उत्पानमूलक उद्योगहरुमा संलग्न छ । जस्तै फलामे सामानको फेब्रिकेशन तथा ग्यालभननायजिंग, पिपिआर, पिभिसी तथा एचपिआई, पाइप तथा फिटिंगंसहरुको उतन गर्दै आइरहेको छ । आइटिपिएफ मूख्यतया सिपिभिसी पाइप र फिटिंगहरुको उत्पादमा केन्द्रित छ ।
फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी तेस्रो संस्करणको प्रदर्शनी हो । प्रर्दशनी शनिबारसम्म चल्ने आयोजकले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया