बालेनले काठमाडौंमा जितेपछि के भने गगनले ?
काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्रका बालेन शाह निर्वाचित भएपछि कांग्रेस महामन्त्री गगन थापाले प्रतिक्रिया दिएका छन् ।
काठमाडौंबाट प्रतिनिधित्व गर्ने युवा नेता थापाले मेयरमा जित्ने बालेन र उपमेयरमा जित्ने सुनिता डंगोललाई बधाई दिएका हुन् ।
बालेनप्रति लक्षित गर्दै नेता थापाले सामाजिक संजालमार्फत काठमाडौंवासीले भोगेका समस्या समाधान गर्दै ‘लिभेवल काठमाडौं’ बनाउने अभियानमा सांसदको रुपमा आफ्नो सधैं सहयोग हुने बताएका हुन् ।
‘काठमाडौँ महानगर प्रमुखमा बालेन शाह,उपप्रमुखमा सुनिता डङ्गोल तथा महानगरका निर्वाचित सबै जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना !’ थापाले भनेका छन्, ‘काठमाडौंवासीले भोगेका समस्या समाधान गर्दै ‘लिभेवल काठमाडौँ’ बनाउने अभियानमा काठमाडौँको एक सांसदको रूपमा म महानगरको टिमसँग सधैँ साथमा रहनेछु।’
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया