बालेनले काठमाडौंमा जितेपछि के भने गगनले ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्रका बालेन शाह निर्वाचित भएपछि कांग्रेस महामन्त्री गगन थापाले प्रतिक्रिया दिएका छन् ।
काठमाडौंबाट प्रतिनिधित्व गर्ने युवा नेता थापाले मेयरमा जित्ने बालेन र उपमेयरमा जित्ने सुनिता डंगोललाई बधाई दिएका हुन् ।
बालेनप्रति लक्षित गर्दै नेता थापाले सामाजिक संजालमार्फत काठमाडौंवासीले भोगेका समस्या समाधान गर्दै ‘लिभेवल काठमाडौं’ बनाउने अभियानमा सांसदको रुपमा आफ्नो सधैं सहयोग हुने बताएका हुन् ।
‘काठमाडौँ महानगर प्रमुखमा बालेन शाह,उपप्रमुखमा सुनिता डङ्गोल तथा महानगरका निर्वाचित सबै जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना !’ थापाले भनेका छन्, ‘काठमाडौंवासीले भोगेका समस्या समाधान गर्दै ‘लिभेवल काठमाडौँ’ बनाउने अभियानमा काठमाडौँको एक सांसदको रूपमा म महानगरको टिमसँग सधैँ साथमा रहनेछु।’
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया