भारतमा ३० हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिए
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीहरुले बुधबार बिहान जानकारी दिएका छन् ।
यसैसँगै भारतमा कोरोना संक्रमण सुरुभएयता हालसम्म चार करोड २७ लाख २३ हजार ५५८ जना संक्मिरत भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
सोही अवधिमा संक्रमणमुक्त भएकाहरुको संख्या भने ८२ हजार ९८८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाहरुको संख्या भन्दा संक्रमणामुक्त भएकाहरुको संख्षा धेरै रहेकाले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १८ लाख ४३ हजार ४४६ जना संक्रमणा मुक्त भएका छन् ।
अधिकारीहरुका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख ७० हजार २४० रहेको छ । गत २४ घण्टामा मात्र ५२ जना ८८७ जना सक्रिय संक्रमित घटेका पनि समाचारमा जनाइएको छ ।
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५१४ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन । यससँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म पाँच लाख ९ हजार ८२७ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया