भारतमा ३० हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीहरुले बुधबार बिहान जानकारी दिएका छन् ।
यसैसँगै भारतमा कोरोना संक्रमण सुरुभएयता हालसम्म चार करोड २७ लाख २३ हजार ५५८ जना संक्मिरत भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
सोही अवधिमा संक्रमणमुक्त भएकाहरुको संख्या भने ८२ हजार ९८८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाहरुको संख्या भन्दा संक्रमणामुक्त भएकाहरुको संख्षा धेरै रहेकाले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १८ लाख ४३ हजार ४४६ जना संक्रमणा मुक्त भएका छन् ।
अधिकारीहरुका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख ७० हजार २४० रहेको छ । गत २४ घण्टामा मात्र ५२ जना ८८७ जना सक्रिय संक्रमित घटेका पनि समाचारमा जनाइएको छ ।
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५१४ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन । यससँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म पाँच लाख ९ हजार ८२७ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया