अभिनेत्री दिया पुनले सगरमाथा आरोहण गरिन्
काठमााडौं । अभिनेत्री दिया पुनले सगरमाथा हिमालको सफल आरोहण गरेकी छन् । दियासहित २० जनाकाे टाेलीले शुक्रबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।
सगरमाथामा दियाले राष्ट्रिय झन्डा फहराएकी थिइन् । सगरमाथा आरोहणपछि उनीसहितको टोली सुरक्षित रुपमा साउथ कोलमा फर्किसकेको छ ।
बेलायतमा अवस्थित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेष्टर अस्पताल च्यारिटी र नेपालस्थित चिल्ड्रेन एण्ड युथ फर्स्टलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले दियाले सगरमाथाको आरोहण गरेकी हुन् ।
दियाले यसअघि मनास्लु र अर्जेन्टिनाकाे माउन्ट ओकुनकागवा पनि आरोहण गरिसकेकी छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया