अभिनेत्री दिया पुनले सगरमाथा आरोहण गरिन्

काठमााडौं । अभिनेत्री दिया पुनले सगरमाथा हिमालको सफल आरोहण गरेकी छन् । दियासहित २० जनाकाे टाेलीले शुक्रबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।
सगरमाथामा दियाले राष्ट्रिय झन्डा फहराएकी थिइन् । सगरमाथा आरोहणपछि उनीसहितको टोली सुरक्षित रुपमा साउथ कोलमा फर्किसकेको छ ।
बेलायतमा अवस्थित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेष्टर अस्पताल च्यारिटी र नेपालस्थित चिल्ड्रेन एण्ड युथ फर्स्टलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले दियाले सगरमाथाको आरोहण गरेकी हुन् ।
दियाले यसअघि मनास्लु र अर्जेन्टिनाकाे माउन्ट ओकुनकागवा पनि आरोहण गरिसकेकी छन् ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया