पोखराका मेयर आचार्यसँग आयोगले माग्यो स्पष्टीकरण
पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगमाथि प्रश्न उठाउँदै उनले दिएको अभिव्यक्तिका कारण स्पष्टीकरण सोधेको हो ।
उनले आयोगले नियतवश नै ठूलो संख्यामा मत बदर गराएको र प्रमुख आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारण आधाभन्दा बढी मत बदर भएको भन्ने अभिव्यक्ति दिएका थिए ।
निर्वाचन आयोग र यसका प्रमुख पदाधिकारीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिई स्थानीय तह निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउनुकाे कारण खुलाएर पत्र प्राप्त भएको २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएकाे छ ।
उनलाई आयोग र आयोगका प्रमुख पदाधिकारीको सन्दर्भमा के कति कारणले अभिव्यक्त गरेको हो ? मतपत्रका कुन चिन्ह कसरी राखिन्छ र निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ भन्ने जानकारी छ कि छैन भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया