मौसम नखुलेपछि हराएको जहाज खोज्न पुगेको हेलिकोप्टर जोमसोम फर्कियो

काठमाडौं । आज विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीन अटर जहाज खोज्न गएको हेलिकोप्टर जोमसोम फर्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मौसम नखुलेका कारण जहाज खोज्न गएको फिसटेलको हेलिकोप्टर बीचबाटै फर्किनु परेको हो ।
प्राधिकरणले जनाएअनुसार ९एनएइटी कलसाइनको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको उक्त जहाज अहिले लेते र घासाकोबीचमा रहेका टिटि डाँडामा दुर्घटना भएको आशंका गरिएको छ ।
स्थानीयले त्यस स्थानमा दुर्घटनाको आंशंका गर्दै प्रहरीलाई सम्पर्क गरेका छन् । तर, मानिय पहुँचका लागि सो स्थान पुग्न लेतेबाट अधिकतम पाँच घण्टा लाग्ने जनाइएको छ । स्थलमार्गबाट खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
प्राधिकारणका अनुसार काठमाडौं, पोखरा तथा जोमसोम विमास्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकोप्टरहरु तयारी अवस्थामा राखिएका छन् । मौसम सुधार हुनासाथ हवाइमार्गबाट खोजी कार्य पुनः सुरु गरिने जनाइएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया