नवप्रवेशी गुजरातको उपाधि लक्ष्य, टस जितेर ब्याटिङ गर्दै राजस्थान

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटको फाइनल खेल हुँदैछ ।
यसैबीच, गुजरात टाइटन्सविरुद्ध राजस्थान रोयल्सले टस जितेर ब्याटिङ रोजेको छ ।
खेल अहमदाबादमा ८ः१५ बजे सुरु हुँदैछ ।
नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो । पहिलो प्रतियोगितामै उपाधि जित्ने उसको लक्ष्य छ ।
यता, राजस्थान पनि गुजरातलाई हराएर उपाधि जित्न चाहन्छ । राजस्थान दोस्रो पटक आइपिएलको उपाधि उचाल्ने योजनामा रहेको छ ।
राजस्थानले सन् २००७ मा भएको पहिलो संस्करणको आइपिएल उपाधि जितेको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया