घटनास्थलबाट प्रत्यक्षदर्शीको बयान– कसैलाई पनि जीवित भेटेनौं

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एयरलाइन्सको विमानमा सवार कसैलाई पनि जीवित अवस्थामा नभेटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
विमान दुर्घटनाग्रस्त स्थान मुस्ताङको कोवाङस्थित सानसुरे भीर पुगेका होटल व्यवसायी इन्द्रसिंह शेरचनले विमानमा सवार कसैलाई पनि आफूहरूले जीवित अवस्थामा नभेटेको जनाएका छन् ।
होटल व्यवसायी शेरचन आइतबार राति दुर्घटनास्थलनजिकै बास बसेका थिए । यार्सागुम्बा संकलनका लागि गएका एक स्थानीयले घटनाबारे बताएपछि अहिले आफू घटनास्थलमा रहेको उनले बताए ।
‘घटनास्थलमा कसैलाई पनि हामीले जीवित अवस्थामा भेटेका छैनौं । यततत्र छरिएका शव जलेका छन्,’ उनले भने । शव जलेकाले चिन्न सकिने अवस्थामा नरहेको उनले जानकारी दिए ।
शेरचनका अनुसार, घटनास्थलमा अहिलेसम्म सुरक्षाकर्मी पुगेका छैनन् । सुरक्षाकर्मीको प्रतीक्षामा आफूलगायत केही स्थानीय त्यहाँ बसिरहेको उनले बताए ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान आइतबार बिहान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन विमान खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दिनभर प्रयास गरे पनि भेटिएको थिएन ।
विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । जसमा दुई जर्मनी, चार भारतीय र बाँकी नेपाली थिए ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल सुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
-
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
प्रतिक्रिया