विमान दुर्घटनाबारे छानबिन गर्न प्राधिकरणले समिति बनाउने

काठमाडौं । तारा एयरको जहाज दुर्घटनासम्बन्धमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन समिति गठन गर्ने भएको छ ।
उद्धार कार्य सकिएपछि दुर्घटनाको कारण पत्ता प्राधिकरणले छानबिन समिति गठन गर्ने प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक देवचन्त्रलाल कर्णले जानकारी दिए ।
‘उद्धारको काम सकिनासाथ प्राधिकरणले दुर्घटनाको छानबिनका लागि समिति गठन गर्नेछ,’ कर्णले भने ।
जोमसोमका लागि आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराको धवानमार्ग छोडेको ताराको ९ एनएइटी कलसाइनको जहाज त्यसको केही मिनेटपछि नै सम्पर्कविहीन भएको थियो । लगत्तै खोजबिन सुरु गरिएपनि आइतबार अबेरसम्म फेला पर्न सकेको थिएन ।
सोमबार बिहान जहाज मुस्ताङस्थित थासाङ गाविस वडा २ को सानोसरेमा १४ हजार ५ सय फिटमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया