सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडाैं । आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहरहेको हो ।
आइतबार सुनको मूल्य तोलमा ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार स्थिर चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी तोलामा एक हजार २ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया