इरानमा भवन भत्कँदा २९ जनाको मृत्यु, ३८ हराए
इरान । इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ । साथै सो भत्किएको भवनमा अरु कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ । ती ३८ जना हराइरहेका प्रारम्भिक सूचनामा जनाइएको छ ।
आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् । यहाँको तासनिम समाचार समितिले दिएको समाचार अनुसार सो भवनमा परेकाहरुको उद्धारको कार्य भने जारी रहेको छ । इरानको खुजृस्तान प्रान्तका गभर्नर सादिक खालियानले दिएको जानकारीअनुसार सो प्रान्तको अब्दान सहरमा सो दुर्घटना भएको हो ।
गभर्नर खालियानले उक्त दुर्घटनाग्रस्त क्षेत्रको भ्रमण गरेर यहाँका समाचारदाताहरुलाई आइतबार राति दिएको जानकारीअनुसार सो भवन भत्किँदा त्यसमा परेर २९ जनाको ज्यान गएको छ भने अरु ३८ जना हराइरहेका छन् ।
उनले त्यसमा परेर मृत्यु भएका २९ को शव निकालिएको छ । तीमध्ये केहीको पहिचान खुल्न पनि बाँकी रहेको जानकारी पनि उनले दिएका छन् ।
सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । सहरको बीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरिएको बताइएको छ । हराएकाहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ ।
तर भवनको बाँकी भाग पनि भत्किएला जस्तो रहेकाले निकै सावधानीपूर्वक उद्धारको काम गरिरहनुपरेको अधिकारीहरुले जनाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया