बालेनले नेपाली र नेवारी दुवैमा, सुनिताले नेवारीमा सपथ ग्रहण गरे

काठमाडाैं । नवनिर्वाचित काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन) ले सपथ ग्रहण गरेका छन् ।
राष्ट्रिय सभागृहमा उनले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । काठमाडौंका मुख्य निर्वाचन अधिकृतले उनलाई सपथ ग्रहण गराएका हुन् । सुरूमा उनले नेपालीमा सपथ ग्रहण गरे भने पछि नेवारीमा पनि सपथ ग्रहण गरेका छन् ।
त्यस्तै महानगरका उपप्रमुख सुनिता डंगोलले नेवारीमा सपथ ग्रहण गरेकी छिन् । उनलाई मेयर शाहले सपथ ग्रहण गराएका हुन् ।
प्रतिक्रिया