सहयोगका लागि प्रशान्त टापुका देशसँग सीको आह्वान

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले प्रशान्त टापुका देशसँग घनिष्ठ सहयोगका लागि आह्वान गरेका छन् । सोमबार दोस्रो चीन-प्रशान्त टापु राष्ट्रहरूका विदेश मन्त्रीहरूको बैठकमा लिखित मन्तव्य व्यक्त गर्दै उनले प्रशान्त टापुका देशको साझा भविष्यका निम्ति यस क्षेत्रका राष्ट्र अझ निकटमा रहेर समुदाय निर्माण गर्नु आवश्यक भएको बताए ।
हालैका वर्षहरूमा चीन र प्रशान्त टापुका देशहरूबीचको व्यापक रणनीतिक साझेदारीले पारस्परिक सम्मान र साझा विकासलाई निरन्तरता दिएको छ भने त्यसले दक्षिण-दक्षिण सहयोग र पारस्परिक लाभको लागि राम्रो उदाहरण प्रस्तुत गरेको राष्ट्रपति सीले बताए ।
सन् २०२१ को अक्टोबरमा औपचारिक रूपमा स्थापना भएको चीन-प्रशान्त टापु देशका विदेश मन्त्रीहरूको बैठकको संयन्त्रले दुवै पक्षलाई सघन वार्ता गर्न तथा आपसी विश्वास र सहयोग बढाउन महत्वपूर्ण मञ्च प्रदान गरेको उनले उल्लेख गरे ।
चीन र प्रशान्त टापुका देशहरूबीचको दूरीको बाबजुद पनि बेइजिङले राष्ट्रपति सीको मार्ग निर्देशनमा चुनौतीहरूको संयुक्त रूपमा सामना गर्न र विकासका अवसरहरू खोज्न प्रशान्त महासागरका टापु देशहरूसँग घनिष्ठ सम्बन्ध बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया