सुनखानीका मजदुरबीच झडप हुँदा सयभन्दा बढीको मृत्यु
काठमाडौं । अफ्रिकी देश चाडको एक सुन खानीमा कार्यरत कामदारबीच झडप हुँदा कम्तीमा एक सय जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् ।
लिबियाको सिमानानजिक रहेको कोरी बोगौदीको सुनखानीमा कार्यरत कामदारको दुई समूहबीच विवाद बढेर झडपको रूप लिएको थियो । झडपमा मौरिटानियन र लिबियालीहरू संलग्न रहेका छन् । झडपको कारणबारे अनुसन्धान भइरहेको चाडका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले बताएका छन् ।
चाडको रक्षा मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि कोरीमा रहेका सबै सुन खानीमा उत्खनन रोकेको छ । त्यस क्षेत्रमा रहेका अधिकांश सुनखानी अवैध हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया