जेल सजाय पाएकाले पनि अब प्रहरी रिपोर्ट पाउने

काठमाडौं । फौजदारी मुद्दामा तीन महिनासम्म कैद सजाय पाएकाले पनि प्रहरी चारित्रिक प्रमाणपत्र पाउने भएका छन् ।
यसअघि कैद सजाय भएकालाई यस्तो प्रमाणपत्र दिइँदैनथ्यो । सामान्य किसिमका अपराधमा संलग्नलाई पनि प्रहरी रिपोर्ट नदिँदा वैदेशिक शिक्षा तथा रोजगारबाट धेरैजना वञ्चित भएपछि प्रहरीले यससम्बन्धी कार्यविधि संशोधन गर्न लागेको हो ।
प्रहरीको चारित्रिक प्रमाणपत्रसम्बन्धी कार्यविधि संशोधनको प्रक्रिया हाल गृह मन्त्रालय पुगेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।
‘तीन महिनासम्म कैद भनेको सामान्य किसिमका अपराधमा संलग्न व्यक्तिहरूलाई हुने सजाय हो,’ उनले भने, ‘सामान्य अपराधमा संलग्नलाई प्रहरी रिपोर्ट दिनुपर्छ भन्ने निष्कर्षका आधारमा कार्यविधि संशोधन गर्न लागेका हौं ।
कतिपयलाई स्वदेशभित्रै जागिर खान पनि प्रहरी रिपोर्ट चाहिने तर सामान्य किसिमका अपराधमा पर्दा कतिपय क्षमताबाट वञ्चित हुने गरेका छन् । नयाँ प्रावधानले कतिपयलाई सहज हुने भए पनि अपराधलाई निरुत्साहन गर्ने उद्देश्यरमा पनि असर पर्नसक्ने प्रहरी अधिकारीको चिन्ता छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया