गाडीको ठक्करबाट मृत्यु भएको अवस्थामा पुरुषको शव फेला
मुग्लिन । चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए । उनको सनाखत हुन सकेको छैन ।
ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन् ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया