सरकारद्वारा सहकारीमा लाग्ने आयकरको दर वृद्धिमा महासंघको आपत्ति
काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सरकारले सहकारीमा लाग्ने आयकरको दर बढाएपछि राष्ट्रिय सहकारी महासंघले आपत्ति जनाएको छ ।महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आयकरको दर यथावत नै राख्न माग गर्दै सरकारसमक्ष ध्यानाकर्षण गरेको छ ।
आयकर दर वृद्धि गर्न न्यायोचित नभएकाले यथावत नै राख्न नेपाल सरकार, संघीय संसद एवं सम्बद्ध पक्षमा महासंघले जोडदार माग गरेको छ । अर्थमन्त्रीबाट संघीय संसदमा पेश भएको आर्थिक विधेयकमा सहकारी संघरसंस्थामा लाग्दै आयकर वृद्धि गरी क्रमश नगरपालिकामा ७.५, उपमहानगरपालिकामा १० र महानगरपालिकामा १५ प्रतिशत निर्धारण भएकोमा अभियानको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । यस अघि क्रमशः ५, ७ र १० प्रतिशत आयकर लाग्दै आएको थियो ।
महासंघले विज्ञप्ति जारी गर्दै आयकरको दर यथावत नै नभएको अवस्थामा सहकारी अभियान थप कदम चाल्न बाध्य हुने जनाएको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया