टायरमा समस्या आएपछि भद्रपुर जाँदै गरेको बुद्ध एयरको जहाज काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट भद्रपुर जाँदै गरेको बुद्ध एयरलाइन्सको जहाजको टायरमा समस्या आएपछि पुनः काठमाडौं फर्किएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार जहाज उडेको केही समयमै टायरमा समस्या देखिएपछि फर्काइएको हो ।
‘टायरमा समस्या आएका कारण जहाज फर्किएको हो,’ उनले भने, ‘अर्को जहाजबाट सबै यात्रुलाई भद्रपुर पठाइसकेका छौं ।’
उनका अनुसार जहजमा ६९ जना यात्रु सवार थिए । हाल बुद्ध एयरको प्राविधिक टोलीले जहाजको निरीक्षक गरिरहेको छ ।
प्रतिक्रिया