फरार अभियुक्त १८ वर्षपछि पक्राउ
काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुराका ४२ वर्षीय लालदेव यादव १८ वर्षपछि आज पक्राउ परेका छन् । अदालतले कैद र जरिवानाको फैसला गरेपश्चात् फरार रहेका यादवलाई १८ वर्षपछि गाउँघरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
कुटपिट मुद्दामा सप्तरी जिल्ला अदालतले २०६१ असार १० गते यादवलाई तीन महिना कैद र ७२५ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तत्कालीन पुनरावेदन अदालत राजविराजले समेत विसं २०६४ असार ४ गते सो फैसला सदर गरेको थियो । उनीविरुद्ध सोही ठाउँका दीपेन्द्रकुमार यादवले उजुरी दिएका थिए ।
पक्राउ परेका अभियुक्तलाई सप्तरी जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक मात्रवप्रसाद काफ्लेले बताए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया