‘तिम्रो मायामा’ सार्वजनिक
काठमाडौं । गायक थानेश्वर गौतमको सुमधुर स्वर र सङ्गीतमा समावेश गजल ‘तिम्रो मायामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार रमेश लुइँटेलको गीत रचना रहेको सो म्युजिक भिडियाको गीतमा नरेन्द्र वियोगीले सङ्गीत संयोजन गरेका छन् । यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाँच्न सक्छु भन्ने भावना प्रेमीले गीतमार्फत व्यक्त गरेका छन् ।
‘तिम्रो मायामा हरेक पल विष पिएरै बाँचिदिन्छु, तिम्रै निम्ति भए पनि मुटु सिएरै बाँचिदिन्छु’, ‘तिम्रो तस्वीर मुटुमा सजाएँ अन्तिम श्वास फेर्दा जलेको जल्यै, म तिमीझैँ आफैँ सिद्धिएरै बाँचिदिन्छु’, ‘कसम, कसम, हाँसी, हाँसी प्राण दिएरै बाँचिदिन्छु’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्रीको अभिनय छ । राम केसीले छायाङ्कन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ । भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका छन् ।
अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत सार्वनजिक भएको जनाइएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया