बढेर आयो इन्धनको मूल्य, १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड घाटा
काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
निगमका अनुसार खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको छ । निगमले प्राप्त गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा ८ रुपैयाँ २१ पैसा र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । डिजेलमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेर आएको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा २२ रूपैयाँ ९३ पैसा, डिजेलमा १९.७३ रुपैयाँ, एलपी ग्यासमा ७५१.१४ रुपैयाँ हुने निगमले जनाएको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।
नयाँ मूल्य सूची अनुसार अब पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा, डिजेलमा १९.७३ रुपैयाँ, एलपी ग्यासमा ७५१.१४ रुपैयाँ घाटा हुने निगमले जनाएको छ । हवाई इन्धन र मट्टितेलमा भने केही नाफा हुने निगमले जनाएको छ। समग्रमा हेर्दा १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड नोक्सानी हुने निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा मात्रै निगमले पाक्षिक रूपमा ६७ करोड रूपैयाँ घाटा व्याेहोरेको छ । त्यस्तै डिजेलमा एक अर्ब ३० करोड र एलपी ग्याँसमा १ अर्ब ४३ करोड घाटा छ ।
निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया