दक्षिण कोरियामा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन
सियोल । दर्जनौं हेलिकप्टरको सहयोगमा आगो निभाउने अनवरत प्रयासका बाबजुद पनि यहाँ बिहीबार तेस्रो दिनसम्म डढेलो नियन्त्रणमा ल्याउन नसकिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
राजधानी सियोलबाट करिब २८० किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्याङको पहाडबाट मङ्गलबार बिहान सुरु भएको आगो तीव्र हावा र सुख्खा पतझरका कारण नजिकैको जङ्गलमा व्यापकरूपमा फैलिएको थियो ।
उक्त डढेलो निभाउँन ५३ वटा हेलिकोप्टर र करिब २ हजार ४५० कर्मचारी परिचालन गरिएको छ । यद्पि तीन दिनसम्म आगो नियन्त्रणमा आएको छैन ।
आगलागीबाट करिब सात सय हेक्टर जमिन प्रभावित भएको छ । कुनै मानवीय र भौतिक क्षतिको यक्किन विवरण भने अहिलेसम्म बाहिर आएको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया