दक्षिण कोरियामा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन
सियोल । दर्जनौं हेलिकप्टरको सहयोगमा आगो निभाउने अनवरत प्रयासका बाबजुद पनि यहाँ बिहीबार तेस्रो दिनसम्म डढेलो नियन्त्रणमा ल्याउन नसकिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
राजधानी सियोलबाट करिब २८० किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्याङको पहाडबाट मङ्गलबार बिहान सुरु भएको आगो तीव्र हावा र सुख्खा पतझरका कारण नजिकैको जङ्गलमा व्यापकरूपमा फैलिएको थियो ।
उक्त डढेलो निभाउँन ५३ वटा हेलिकोप्टर र करिब २ हजार ४५० कर्मचारी परिचालन गरिएको छ । यद्पि तीन दिनसम्म आगो नियन्त्रणमा आएको छैन ।
आगलागीबाट करिब सात सय हेक्टर जमिन प्रभावित भएको छ । कुनै मानवीय र भौतिक क्षतिको यक्किन विवरण भने अहिलेसम्म बाहिर आएको छैन ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया