काेराेना महामारीबाट किशोरीहरू बढी प्रभावित
काठमाडौं । अस्ट्रेलियाका किशोरलाई भन्दा किशोरीहरूलाई कोभिड-१९ ले बढी हानिकारक प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।
युनिभर्सिटी अफ सिड्नीका अन्वेषकहरूले न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलिया राज्यका करिब १,००० किशोर किशोरीहरूको आहारविहार, शारीरिक क्रियाकलाप, मदिारा र सुर्तिजन्य वस्तुको प्रयोग, मनोरञ्जनात्मक समय,निद्राको ढाँचामा आधारित भएर गरेको सर्वेक्षणमा महामारीबाट किशोरीहरू बढी प्रभावित भएका देखिएको हो ।
दुई वर्षको अध्ययनले २४ प्रतिशत किशोरीहरू महामारीको समयमा कम निद्राबाट पीडित भएका तथा किशोरहरूको तुलनामा उनीहरूको मदिरा सेवनमा पनि वृद्धि भएको देखाएको छ ।
मानसिक स्वास्थ्य विशेषज्ञ एवम् सर्वेक्षणका प्रमुख लेखक लरेन गार्डनरले सर्वेक्षणका परिणाम विगत दशकमा देखा परेका प्रवृत्तिहरूसँग मिल्दाजुल्दा रहेका तर महामारीको तनावले स्थितिलाई अझ बढाएको बताएका छन् ।
‘विशेषगरी किशोरहरूमा किशोरावस्थामा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोगमा वृद्धि हुने अपेक्षा गरिएको थियो तर मदिरा प्रयोगको दर अपेक्षाकृत कम पाइयो, बन्दाबन्दीका बेला किशोरकिशोरीहरूले मनोरञ्जनका निम्ति डिजिटल उपकरणहरूको अत्यधिक प्रयोग गरेका थिए भने पत्रु खाना पनि कम खाएका थिए’ सर्वेक्षण नतिजा सुनाउँदै उनले भनेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया