नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा सुरु
काठमाडाैं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनसंगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिदै आएका विभिन्न व्यापार व्यवसायीहरुलाइ भुक्तानी दिन सक्नेछन ।
यसका साथै अहिलेसम्म पनि स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापार व्यवसाइहरुले नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर सेवा पनि लिन सक्ने कम्पनीले जनाएको छ । नमस्ते पे वालेट प्रयोग गरि स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३० प्रतिशत (३०० सम्म) आकर्सक छुट प्राप्त गर्न सक्नेछन भने भविष्यमा स्मार्ट क्यूआर भुक्तानी मा अझै धेरै आकर्षक अफरहरु छिटै नै आउने जानकारी समेत कम्पनीले दिएको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया