सुनको मूल्य ९०० रूपैयाँ बढ्यो
काठमाडाैं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ९ सय रूपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ४०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएकोमा शुक्रबार ९८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
यसैगरी बिहीबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ तोकिएकोमा शुक्रबार ९८ हजार कायम गरिएको छ । शुक्रबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया