विप्लव नेतृत्व नेकपाको नवौं महाधिवेशन असोजको पहिलो साता काठमाडौंमा हुने
काठमाडौं । विप्लव नेतृत्वको नेकपाले असोजमा नवौं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।
जेठ १२ देखि १७ गतेसम्म उदयपुरको रौतामाई गाउँपालिका–४ स्थित सामुदायिक भवनमा बसेको केन्द्रीय कमिटीको तेह्रौं विस्तारित बैठकले गरेको निर्णय महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्रकार सम्मेलनमार्फत शुक्रबार सार्वजनिक गरेका छन् । पार्टीको नवौं महाधिवेशन असोज १–८ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
पत्रकार सम्मेलनमा विप्लवले धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई अराजक, जडसुत्रवादी, बुर्जुवा र फुटवादी विचनल भएको नेता भएको आरोप लगाएका छन् । पार्टी विभाजनपछि पार्टीभित्र आर्थिक, संगठनात्मक र राजनैतिक विकृतिहरू मौलाउन थालेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
केन्द्रीय कमिटीको निर्णय विपरित विप्लवले स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय गरेको आरोप लगाउँदै बास्तोला र वलीसमूहले पार्टीबाट अलग हुने निर्णय गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया