पल शाह सर्वोच्च नजाने, जिल्लाकै फैसला कुर्ने
काठमाडौं । बलात्कारको मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालतले आदेश दिएसँगै उनीसँग अर्को विकल्प छ सर्वोच्च अदालत जाने । तर, उनले यो विकल्प प्रयोग नगर्ने भएका छन् । पुनरावेदनका लागि सर्वोच्च नगइ उनले अब फैसला कुर्ने भएका हुन् ।
जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जान सकिने व्यवस्था हुनका बाबजुद समय लाग्ने भएपछि अब फैसला नै कुर्ने निर्णय भएको अभिनेता शाहको पक्षमा वकालत गरिहेका एक कानुन व्यवयायीले बताए ।
सुनुवाइका लागि सर्वोच्चमा मुद्दा हालेपछि जिल्लाको फैसला पनि अड्किने उनको भनाइ छ ।
अभिनेता शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई उच्चले बिहीबार आज सदर गरेको थियो ।
यसअघि तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध पुनरावेदन गर्न उनी उच्च उदालत, पोखरा गएका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलाशले उक्त फैसला सुनाएको हो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया