च्याम्पियन्स लिगमा बायर्नको कठिन बराबरी

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा जर्मन बायर्न म्युनिखले कठिन बराबरी खेलेको छ । गएराति भएको खेलमा बायर्नले अष्ट्रियन क्लब रेडबुल साल्जबर्गसँग कठिन एक एक गोलको बराबरी खेलेको हो ।
अन्तिम १६ को पहिलो लेगमा आफ्नै मैदानमा साल्जबर्गले बायर्नविरुद २१ औं मिनेटमा गोल गरी खेलमा अग्रता बनाएको थियो । साल्र्जबर्गका लागि अडामुले गोल गरेका थिए । यही नतिजाले खेल जिततर्फ अघि बढिरहँदा ९० मिनेटमा बायर्नका लागि किंग्सले कोमनले बराबरी गोल गरी टिमको हार टारेका थिए ।
बराबरी भए पनि खेलमा नियन्त्रण भने बायर्नले जमाएको थियो । ७२ प्रतिशत बल पोसेसन आफ्नो नियन्त्रणमा राखे पनि बायर्न हारबाट जोगिंदै बराबरी गर्न भने सफल भयो । यी दुई टिमबीचको अर्को म्याच आगामी ९ मार्चमा हुनेछ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया