सगरमाथा हाइड्रोले ५५ करोडको आइपिओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई ५५ करोड बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले सो नियुक्तिसम्बन्धी सम्झौता जेष्ठ १९ गते बिहीबार सम्पन्न गरेको छ । सम्झौतामा सगरमाथा जलविद्युत कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १२ करोडमध्ये स्थानीयका लागि १० प्रतिशत वापत ११ लाख २० हजार कित्ता अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको गरी जम्मा कुल ५४ करोड ८८ लाख बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं। २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन सुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया