माइतीघरमा नारा लाग्यो, ‘पुरुषहिंसा बन्द गर’
काठमाडौं । एक बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता पल शाहको रिहाइको माग राख्दै ‘हाम्रो टिम नेपाल’ नामक संस्थाको अगुवाइमा समर्थकहरूले माइतीघरमा प्रदर्शन आज प्रदर्शन गरेका छन् ।
शाहलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखराले बिहीबार सदर गरेको थियो । पीडित भनिएकी नाबालिगले आफ्नो बयान बदलेपछि पलले छुट्कारा पाउनेमा आशावादी उनका समर्थकहरू उच्च अदालतको उक्त निर्णयले निराश बनेका छन् ।

पीडित भनिएकी किशोरीले नै बलात्कार भएको होइन भनेर बयान दिइसकेपछि शाहलाई अझै पनि थुनामा राख्नु अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएको हाम्रो टिम नेपालले जनाएका छन् ।
शाहको न्यायका लागि आज ४ बजे युवाहरू प्रदर्शनमा उत्रिए । उनीहरूले ‘पुरुषहिंसा अन्त्य गर’, पल शाहलाई न्याय दे’जस्ता प्ले कार्ड बोकेका थिए ।
पछिल्लो समय पुरुषहरूलाई अनावश्यक रुपमा बलात्कारको मुद्दामा फसाएर नेपालमा पुरुषहिंसा भइरहेको सहभागी महिलाहरूले बताए ।
शनिबार पनि माइतीघरमा प्रदर्शन गरिने हाम्रो टिम नेपालले जनाएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया