डेनमार्कसँग फ्रान्स स्तब्ध
काठमाडौं । डेनमार्कसँग फ्रान्स २–१ गोल अन्तरमा स्तब्ध बनेको छ । युइएफए नेसन्स लिग ए ग्रुप १ को पहिलो राउन्डको खेलअन्तर्गत शुक्रबार भएको खेलमा फ्रान्स पराजित भएको हो ।
डेनमार्कका लागि एन्ड्रिएस कोर्निलिअस एक्लैले दुई गोल गरेर जित दिलाए । कोर्निलिअस ६८ र ८८ औं मिनेटमा गोल गरेका हुन् ।
फ्रान्सका लागि करिम बेन्जेमाले ५१ औं मिनेटमा गोल गर्दै अग्रता बनाए पनि सान्त्वना गोल मात्र बन्न सक्यो ।
फ्रान्सले २० खेलसम्म लगातार जित निकालेको थियो । योसँगै उसको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया