च्याम्पियन्स लिगमा लिभरपुलको सहज जित
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले सहज जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७५ औं मिनेटमा रोबर्टो फिरमिन्हो र ८३ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेका हुन् ।
मिलानले खेलमा ९ प्रहार गरे पनि एउटा पनि अन टार्गेट प्रहार गर्न सकेन । यी दुईबीच अर्को लेग ९ मार्चमा लिभरपुलको मैदानमा हुनेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया