सुनको मूल्य तोलामा एक हजार रूपैयाँले उकालो
काठमाडाैं । बुधबार तोलामा एक हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य आज एक हजार रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन तोलामा ९५ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुन ९४ हजार ६ सय रूपैयाँ कायम गरिएकोमा आज ९५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै बुधबार तोलामा ३५ रूपैयाँ घटेर १ हजार २८५ रूपैयाँमा भएको चाँदी आज १० रूपैयाँ बढेर १ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया