युक्रेन द्वन्द्वपछिको पुनः निर्माणको पहिलो चरण शुरु

काठमाडौं (एजेन्सी) । युक्रेनी प्रधानमन्त्री डेनिस श्म्याहलले शुक्रबार देशले द्वन्द्वपछिको पुनःनिर्माणको पहिलो चरण शुरु गरेको बताएका छन् ।
पुनः निर्माणको पहिलो चरणमा, युक्रेनी अधिकारीहरूले रुस(युक्रेन द्वन्द्वबाट भएको क्षतिको मूल्याङ्कन गर्ने, पुनर्निर्माण परियोजनाहरूको लागि प्राविधिक कागजातहरू तयार गर्ने र महत्त्वपूर्ण सुविधाहरूको मर्मत सम्भार गर्ने बताइएको छ ।
‘सरकारको काम शरद ऋतुमा अधिकांश क्षतिग्रस्त महत्त्वपूर्ण सुविधाहरू पुनर्स्थापित गर्ने हो,’ उनले भने।
युक्रेनको राज्य सडक एजेन्सी युक्राभतोडोरले युक्रेनमा द्वन्द्वका कारण करिब ३ सय पुल र २४ हजार किलोमिटर सडक ध्वस्त भएको बताएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया