प्रचण्डबाट प्राप्त सुझाव र हौसलाले ऊर्जावान् बनाएको छ : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रचण्डबाट प्राप्त सुझाव र हौसलाले थप ऊर्जावान् बनाएको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवापछि बालेनले शनिबार खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्षसँग भेटवार्ता गरेका थिए ।
‘प्रचण्डबाट प्राप्त सुझाव र हौसलाले हामीलाई थप ऊर्जावान् बनाएको छ,’ बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
बालेनका अनुसार, प्रचण्डले आफूले हिंसा र गालीगालौजको राजनीति गरेको उल्लेख गर्दै बालेनले कसैको आलोचना नगरी नयाँ किसिमबाट राजनीतिमा प्रवेश गरेको भन्दै प्रशंसा गरेका थिए । साथै प्रचण्डले बालेनले विकास गरेको संस्कृति र उदयलाई नयाँ किसिमको सामाजिक र राजनीतिक क्रान्ति भनेका छन् ।
‘… हतियारबाट राजनीति भयो । आलोचना र कतिपय अवस्थामा गालीगलौजकै स्तरको राजनीति पनि भयो । तर तपाईंले कसैको आलोचना नगरी नयाँ किसिमबाट राजनीतिमा प्रवेश गर्नुभयो । यो परिवर्तन मात्रै भएको होइन, नेपालमा नयाँ किसिमको राजनीतिक र सामाजिक क्रान्ति भएको हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बालेनले लेखेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया